कमल र राजेन्द्रमा कस्को होला पल्लाभारी ? मतदान जारी

मङि्सर १८, २०७८


१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको हो ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् । उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ । दुवैले आफूले जित्ने बताउँदै आएका छन् । राप्रपाको नेतृत्व लामो समयदेखि गर्दै थापालाई लिङ्देनले चुनौती दिने नेता–कार्यकर्ताहरु बताउँछन् ।