‘चुरीफुरी’को माउथ पब्लिसिटी सुखद

पुष १०, २०७८


हिजो शुक्रबारबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘चुरीफुरी’ लाई दर्शकबाट सुखद प्रतिक्रिया मिलेको छ। ऋषिराज आचार्यद्वारा निर्देशित चलचित्रको कमेडी पार्टलाई दर्शकले औधी रुचाएका छन् । सामाजिक विषयमाथीको कमेडी प्रहार निकै उत्कृष्ट रहेको चलचित्र हेरेका दर्शकको प्रतिक्रिया दिएका छन् ।

हलिउड र बलिउड चलचित्रको चेपुवामा परेर मल्टिप्लेक्समा अत्यन्तै कम शो प्राप्त गरेको चलचित्रले यसैगरी दर्शकको साथ पाउदै गए भोलिका दिनहरुमा शोपनी थपिदै जाने सम्भावना देखिन्छ। चलचित्रमा रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य लगायतको अभिनय रहेको छ । 

दीपक शर्माको संगीत, राहुल राईको छायांकन र नविन निरौलाको सम्पादन फिल्ममा छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता हुन् ।