दीवाकरको निर्देशनमा ‘हनी बनी’ बन्ने

पुष ११, २०७८


चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेर चर्चामा आएका निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्र ‘हनी बनी’ घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालबाट उनले लभस्टोरी चलचित्र निर्देशन गर्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार यो चलचित्रलाई ६ करोड रुपैयाँको बजेटमा निर्माण गरिनेछ । चलचित्रमा स्टार भन्दा पनि पात्र देखिने उनको भनाइ छ । एबी इन्टरनेशनलले यो चलचित्र निर्माणमा दिवाकरसँग सहकार्य गर्नेछ ।

यो चलचित्रको छायांकन बेलायतमा हुनेछ । दिवाकरका अनुसार चलचित्रमा दुई जना ‘पावरफूल’ पात्र छन् । ती पात्रको खोजी आफूले गरिरहेको उनले बताए । लण्डनमा बसोबास गर्दै आएका दुई जना व्यक्तिको कथामा चलचित्र बन्ने उनले जानकारी दिए । दिवाकरले चलचित्र ‘तिमीसँगै हुने मन छ’ को घोषणा गरेको पनि लामो समय भयो । उनी यी दुवै चलचित्रको छायांकन एकपछि अर्को रुपमा गरिने बताए ।