फिल्म ‘म’ बाट एक्सन कटमा फर्किइन् निशा

पुष २१, २०७८


अभिनेत्री निशा अधिकारी फिल्म सेटमा फर्किएकी छन् । फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी हुन् । फिल्मको सुटिङ सोमबारबाट सुरु भएको हो । निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् । फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो बिना जीवन बिताउन धेरै गाह्रो भएको समेत उल्लेख गरेकी छन् ।

उनले अगाडि लेखेकी छन पुरा चार वर्षमा हामी फेरि भेट्यौ । उनले आफू ‘म’ फिल्म सेटमा रहेको समेत जनाएकी छन् । पछिल्लो समय पोखराकी काली अभिनय गरेकी निशा आमा बनेपछि फिल्मबाट टाढा रहेकी थिइन् । फिल्मको मुहूर्त केही अगाडि राजधानीमा एक कार्यक्रमकाबीच भएको थियो । सो अवसरमा निशाले अब निरन्तर फिल्ममा काम गर्ने समेत बताएकी थिइन् ।

फिल्म अभिनयसँगै निर्माणको कामलाई पनि अगाडि बढाउनेछु उनले भनेकी थिइन् जिन्दगीको नयाँ यात्रामा थिए । साढे तीन वर्ष छोरा हुर्काउनमै व्यस्त भए । यो पल निक्कै रमाइलो हुने रहेछ । फिल्म क्षेत्रमा एक समय निकै चर्चामा छाउने गरेकी निशा सन्तान जन्माएपछि भने ओझेलमा थिइन् । उनी फिल्ममा कमब्याक गरे सँगै उनको चर्चा फेरि हुन थालेको छ ।