सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

पुष २१, २०७८


पुस २१, मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिेंहदरबारमा केही बेरअघि बैठक सुरु भएको हो । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।

भारतको गुजरातमा हुने भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।