राष्ट्रिय सभा निर्वाचन, आजदेखि आचारसंहिता लागू

पुष २६, २०७८


पुस २६, राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागू भएको छ । यही माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो । १२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनका लागि ४३ जना उम्मदेवार मैदानमा छन् ।

साथै निर्वाचन आयोगले निर्वाचन अवधिभर आचार संहिता पालना नभए कारबाही गरिने चेतावनी दिएको छ । आयोगले आचार संहिता पूर्ण रूपमा पालना गरिनुपर्ने पनि बताएको छ । केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचार संहिता लाग्नेछ । साथै सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीमा पनि आचार संहिता लागू हुनेछ, राजनीतिक दललाई पनि आचारसंहिता लाग्नेछ ।