‘हनी बनी’ बाट अलग भए अनमोल

बैशाख १८, २०७९     सम्पूर्ण कुरा


चलचित्र साइन गर्दै छाड्दै गर्ने क्रमलाई निरन्तरता दिँदै अनमोल केसीले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘हनी बनी’ पनि छाडेका छन् । निर्देशक दिवाकर भट्टराईले अनमोल चलचित्र नरहने खबर पुष्टि गरे । 

‘ए मेरो हजुर ४’को प्रचार प्रचार चलिरहँदा अनमोल केसीले यो चलचित्र साइन गरेका थिए । तर सुटिङको मुखमा आएर अनमोल यो चलचित्रबाट अलग भएका हुन् । 

‘चलचित्रको चरित्र पोट्रे गर्ने कुरामा अनमोलले अलि असहज महसुस गरे । सोही कारणले हामीले उनलाई रिलिज गर्ने निर्णय गरेका हौँ’ दिवाकरले भने ।  

दिवाकरले चलचित्रमा अनमोललाई प्रतिस्थापन गर्ने कलाकार पनि लगभग फाइनल भएको र कागजी सम्झौतापछि सार्वजनिक गरिने बताए । दिवाकर आउँदो बिहीबार सुटिङको तयारीका लागि लन्डन प्रस्थान गर्दैछन् । नमोलले यसअघि ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ आदि चलचित्र पनि सम्झौता पछि पनि छाडेका थिए ।