कुवामा वेपत्ता पुरुषको खोजीकार्य जारी

बैशाख १९, २०७९


तुलसीपुर, १९ बैशाख ।

 तुलसीपुर उपमहानगरपालिका १३ साजखुटिमा कुवा खन्ने क्रममा माटो ढिस्कोले पुरिएर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका १७ जमेरा बस्ने अन्दाजि २४ वर्षीय हरि बहादुर चौधरीको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

स्थानिय डिल्ली रोकाको घरमा कुवा खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका चौधरी वेपत्ता भएका छन् । तिन, चार जनाको समुहले खन्न सुरु गर्ेको कुवामा रिङ हाल्ने समय भएको थियो । त्यसैक्रममा चौधरी कुवा भित्र पसेर काम गर्ने क्रममा एक्कासी माथिबाट माटो कोढिस्को भत्किदा चौधरी वेपत्ता भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार झन्डै ४० फिट गहिरो भएकाले दुई वटा जेसीवी लगाएर खोजी गर्ने काम भईरहेको छ । घटना आईतवार विहान साढे एघार बजे भएको हो ।