तुलसीपुरमा एक युवती लडेर घाईते, उपचार खर्च मेयर पाण्डेले व्यहोर्ने

बैशाख १९, २०७९


तुलसीपुर, १९ बैशाख ।

 तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ गबदवा बस्ने १८ बर्षिया अर्चना चौधरी लडेर घाईते हुनु भएको छ । हावाहुरी सहित असिना पानी परेपछि घर तर्फ जादै गर्दा चौधरी लडेर घाईते हुनु भएको प्रहरीले बताएको छ । स्थानिय चौधरी लडेको देखे पछि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्धार गरी आफु सवार गाडीमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउनु भएको थियो । चौधरीको अहिले उपचार भईरहेको छ । यसैबिच चौधरीको उपचार खर्च मेयर पाण्डेले व्यहोर्ने मेयर पाण्डेका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
विद्युत सेवा अवरुद्ध
यसैबिच एक्कासी आएको हावाहुरीले वडा नम्वर १५ को विभिन्न स्थानमा क्षति पुगेको छ । स्थानिय विर बहादुर घर्तिको घरको जस्तापाता हावाले उडाउदा क्षति भएको बताईएको छ । यस्तैगरी ७ वटा विद्युतका पोल ढल्दा त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको स्थानियले बताएका छन् ।