वडा कार्यालय स्थायी रुपमै श्रीगैंमा रहन्छ : अध्यक्ष केसी

तुलसीपुर, २१-बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा न ७ काे कार्यालय स्थानान्तरण गरिएको छ । यस अघी खर्चवामा रहेको वडा कार्यालय श्रीगैंमा सारिएको हो । साबिककै तुलसीपुर नगरपालिका वडा नं.४ को कार्यालय बाट अस्थायी रुपमा सेवा प्रवाह गरिएको थियो तर साँघुरो संरचनाका कारण सेवा प्रवाहमा समस्या भएपछी वडा कार्यालय अनेत्र सारिएको वडा अध्यक्ष टोप बहादुर केसीले बताए ।
बुधबार पत्रकार सम्मेलन गरी वडा कार्यालय सारिएको बारेमा जानकारी दिईएको हो । हाल प्रावि श्रीगैंको ४ कोठे भवनमा वडा कार्यालय सारिएको छ । विद्यार्थि संख्या न्यून हुँदा प्रावि श्रीगैं मावि कालाखोलामा मर्ज गरिएको छ । विद्यालयमा हाल बाल विकास मात्र पढाई हुने गरेको छ । विद्यालयको प्रसस्त जग्गा र आवश्यक संरचना भएकोले सेवा प्रवाहमा सहज हुने उद्देश्यले नगर कार्यपालिकाको निर्णय अनुसार स्थायी रुपमा सारिएको अध्यक्ष केसीले जानकारी दिए । साथै सबैको पायक पर्ने ठाउँ भएकोले आवश्यक स्थायी संरचना निर्माणका लागी प्रक्रिया अघि बढाईएको समेत उनले बताए ।
सो अवसरमा वडाले ५ बर्षमा गरेका विकास निर्माणका कामहरुको बारेमा अध्यक्ष केसीले प्रष्ट पारेका थिए । कोभिडका कारण आफुहरुले प्रतिबद्धता गरे अनुसारका सबै काम सम्पन्न गर्न नसकेपनि प्राथमिकताको आधारमा भौतिक तथा संस्थागत विकास गर्न सफल भएको केसीले बताए । सडक, सिंचाईं, स्वास्थ्य, शिक्षाको विकास सँगै वडाका नागरिकलाई विभिन्न सिप मूलक तालिम दिई आत्मनिर्भर बनाउन सफल भएको उनले बताए ।
आफ्नो कार्यकाल सकिन केही दिन मात्र बाँकी रहेकोले निमार्णाधिन अवस्थामा रहेका र अधुरा कामहरु अब आउने नेतृत्व सँग समन्वय र सहकार्य गरी निरन्तरता दिईने उनले बताए ।