जनताको समस्यालाई आफ्नै समस्या मान्ने छुस्-वडाध्यक्ष उम्मेदवार वृजेश कुमार गुप्ता

बैशाख २६, २०७९


कपिलवस्तु, २६ बैशाख ।

वडावासिको रोजाईमा पर्न सफल कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राप्रपा नेपाल पार्टीकोतर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ताघरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु ।
राप्रपा नेपाल
पार्टी तर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ता मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ व्यापार र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका गुप्ता युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित गुप्ता अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।