सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

बैशाख २९, २०७९


काठमाडौं २९ वैशाख।

बिहीबार सुन र चाँदीको मूल्यवृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बुधबार तोलामा एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य ९७ हजार र तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।