काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट रुकुममा १ जनाको मृत्यु

बैशाख ३०, २०७९


रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । ​बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरे ।

खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ । परिवार पक्षले भने नियोजित रुपमा दुर्घटना गराएको आरोप लगाएको छ ।