भारतका प्रधानमन्त्री मोदी आज लुम्बिनी भ्रमणमा आउँदै

जेठ ०२, २०७९


काठमाण्डौ,२ जेठ ।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी आज लुम्बिनी भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा उहाँ बुद्ध जयन्तीको अवसर पारेर आज लुम्बिनी आउन लाग्नुभएको हो । उहाँको भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ  । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो  । लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएका छन् । आफ्ना भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा हिजो नै लुम्बिनी पुगिसक्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भ्रमणलाई भव्य बनाउन सबै मन्त्रालय र निकायलाई सक्रिय बनाइएको बताउनुभयो । प्रधानमन्त्री देउवा आफैँ आफ्ना समकक्षीको स्वागतमा जानुहुने कार्यसूची तय भएको छ । प्रवक्ता लम्सालका उहाँका अनुसार दुई देशबीच केही राष्ट्रिय महत्वका विषयमा सहमति र समझदारीको तयारी भएको छ । तर, यी विषय दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तापछि मात्र अन्तिम टुङ्गोमा पुग्नेछ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा। नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि लुम्बिनी पुग्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भारतका प्रधानमन्त्री मोदीले आज करिब ६ घण्टा लुम्बिनीमा बिताउनुहुनेछ । नेपाल सरकारको संयोजनमा लुम्बिनी विकास कोषले सम्पूर्ण कार्यक्रमको आयोजना गरेको छ । जसमा परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा प्रमुख दुर्गाप्रसाद सुवेदीले दिनुभएको जानकारी अनुसार लुम्बिनी स्थित पाँच हजार दर्शकको क्षमता भएको बौद्ध सम्मेलन केन्द्रको सभाहलमा दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । लुम्बिनीमा विशेष हेलिकप्टरबाट बिहान १०ः३० बजे उत्रेपछि भारतका प्रधानमन्त्री मोदीले पहिले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुनेछ ।

त्यसपछि लुम्बिनीमा भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन ९आईबीसी०मार्फत बनाउन लागेको जर्मन स्तूप उत्तर विहारको प्रधानमन्त्री मोदी र देउवाले संयुक्त रूपमा शिलान्यास गर्नुहुँनेछ ।पूजाअर्चनापछि सन् २०१४ मा नेपालमा भारतका लागि तत्कालीन राजदूत रञ्जित रेले मायादेवी मन्दिर परिसरमा ९मन्दिरदेखि ३० मिटर पर० वृक्षरोपण गरेको बोधिवृक्षमा जल सिञ्चित गर्ने कार्यक्रम छ । लगत्तै पर्सा चोक, लोखडिया चोक हुँदै नौ नम्बर गेटभित्र रहेको प्लटमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन ९आईबीसी०मार्फत निर्माण गर्न लागेको विहारको शिलान्यास समारोहमा सरिक हुनुहुनेछ ।