सल्यान सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गिरी निर्वाचित

जेठ ०३, २०७९


सल्यान,३ जेठ ।

सल्यान सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भरत गिरी निर्वाचित भएका छन्। निर्वाचित गिरीले २१७३ मत प्राप्त गरेका थिए। गिरीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई पराजित गरेका हुन्। एकीकृत समाजवादीका चित्रबहादुर चलाउनेले १७९८ मत प्राप्त गरेका थिए। गिरीले चलाउने भन्दा ३७५ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा गठबन्धनबाट माओवादीका रामबहादुर बस्नेत निर्वाचित भएका छन्। बस्नेतले २ हजार ३५ मत प्राप्त गर्दा कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत प्राप्त गरेकी थिइन्।

यहाँ नेपाली कांग्रेसले ३,४ र ५ गरि तीन वडामा जित हासिल गर्दा माओबादी केन्द्रले वडा न १ र २ जितेको छ। यसअघि यो गाउँपालिका नेकपा एमालेले जितेको थियो।