नेपाल शिक्षक संघ दङ्गिशरणद्वारा नब निर्बाचित जनप्रतिनिधि लाइ बधाइ तथा सम्मान ।


दाङ जेस्ठ ८, नेपाल शिक्षक संघ दङ्गिशरण गाउपालिकाको आयोजनामा नब निर्बाचित जनप्रतिनिधिहरुलाइ बधाइ तथा सुभकामना कार्यक्रम आज बिरेन्द्र उच्च माबि हेकुलीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ दङ्गिशरणका अध्यक्ष रेशम केसिको सभापतित्व, दङ्गिसरण गाउपालिकाका अध्यक्ष सम्भु गिरिको प्रमुख आतिथ्यता , तथा गाउपालिका उपाध्यक्ष पिमा खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।कार्यक्रममा ट्रेड युबियन काङ्ग्रेस दङ्गिशरणका अध्यक्ष डम्बर बस्नेत ,नेपाल शिक्षक महा संघ दङ्गिशरण का अध्यक्ष लक्ष्मण देबकोटा ,नेपाल शिक्षक संघ दङ्गिशरणका निबर्तमान अध्यक्ष गोबिन्द प्रसाद आचार्य नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश प्रतिनिधि मधु चौधरी ,नेपाल ट्रेड युनियन काङ्ग्रेसका दाङ जिल्ला सचिब श्रीधर शर्मा ,लगायत ले शुभाकामना मन्तब्य राख्नु भएको थियो । त्स्तै वडा अध्यक्ष १ का रमेश भन्डारी र वडा न.०६ का वडा अध्यक्ष रोसन जङ साहले आफू हरु सधै शिक्षकको पक्षमा लाग्ने र गुणस्तरिय शिक्षाको सवालमा आफुहरु कहिले नचुक्ने बताउनुभयो । तेस्तै विशिष्ट अतिथीको आसन बाट बोल्दै गाउपालिका उपाध्यक्ष पिमा खड्का ले गएको ५ बर्षमा शिक्षक हरुले पाएका भोगेका पिडाहरु लाइ मध्यनजर गर्दै शिक्षकहरुको सवालमा कत्ती पनि कन्जुस्याइँ नगरी सबल र सफल शिक्षाको बिकाशका लागि आफू लागि पर्ने बताउनु भयो । एसैगरि कार्यक्रमका प्रमुख अतिथी दङ्गिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरि ले नेपाल शिक्षक संघमा आवद्ध सम्पुर्ण शिक्षकहरु नितान्त गुणस्तरीय शिक्षा मा लाग्न र आफ्नो कार्यकालमा दङ्गिशरण शिक्षामा कायापलट भएको हेर्न चाहाने आफ्नो रहर रहेको बताउनुभयो ।गाउपालिकाका उत्कृष्ट शिक्षक लाइ पुरुस्कार र गलत क्रियाकलाप गर्ने शिक्षक लाइ दण्डको नीति ल्याउने समेत उल्लेख गर्नु भयो । नेपाल शिक्षक संघ दङ्गिशरणका सहसचिव भगन्दास चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक संघ दङ्गिशरणका सचिब नर बहादुर बस्नेतले गर्नु भएको थियो ।