फिल्म ‘रुद्र’ की निर्माता कल्पना कटुवाल मेयरमा विजयी

जेठ ०९, २०७९


फिल्म निर्माता कल्पना कुमारी कटुवाल मेयरमा विजयी भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा एमालेको तर्फबाट उम्मेदवार बनेकी उनी १२ हजार २ सय ७३ मतका साथ विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार देवानन्द महतोले ६ हजार ६ सय ६६ मत पाएका छन् । मेयरमा विजय भएकी कल्पनाले फिल्म ‘रुद्र’ को निर्माण गरेकी छन् ।

यसै फिल्मबाट उनका छोरा विश्व शर्माले समेत अभिनेताको रुपमा डेब्यू गरेका थिए । ‘रुद्र’ ले व्यापारिक सफलता भने हात पार्न सकेन । अभिनेता निखिल उप्रेती पनि सल्लाहीकै स्थायी बासिन्दा हुन् । फिल्म ‘रुन्द्र’ मा निखिल उप्रेती, सारा सिर्पाली लगायतको अभिनय रहेको थियो ।