तुलसीपुर १६ मा गठबन्धन र एमालेलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी

जेठ १०, २०७९


तुलसीपुर,१० जेठ । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै स्वतन्त्र तर्फका अध्यक्ष पदका उम्मेदवार शिवानन्द डिसी विजय हुनुभएको छ । डिसीले प्रतिद्धन्द्धी गठबन्धन र एमालेलाई पछि पार्दै १३४४ मतले विजयी हुनुभएको हो । गठबन्धन तर्फका अध्यक्ष पदका उम्मेदवार भुपबहादुर केसीले ४६७ मत प्राप्त गर्नुभएको छ भने एमाले तर्फका अध्यक्ष उम्मेदवार अमर बहादुर खड्काले ११५९ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्य रिखा शर्मा पख्रेलले १२९९ मत ल्यानुभएको छ भने दलित महिला सदस्य पार्वता कामीले १२४० मत ल्यानुभएको छ । त्यसैगरी खुल्ला सदस्य देव बहादुर चौधरीले १३२५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने सदस्य मोहनलाल थारुले १२८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । जसमा सदस्य तर्फ दुई जना एमाले तर्फका विजयी भएका छन भने दुई जना गठबन्धन तर्फका विजयी भएका छन ।