पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा

असार ०२, २०७९


कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले अन्ततः नयाँ रिलिज मिति तय गरेको छ । सुदर्शन थापा निर्देशित यो लभस्टोरी फिल्मले आगामी भदौ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । यो फिल्मबाट पूजा महंगी अभिनेत्रीको रुपमा चर्चित भएकी हुन् । फिल्मबाट उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

आफ्नो ब्यानरभन्दा बाहिरको फिल्ममा पूजाले ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ पछि पूजाले यो प्रोजेक्टमा काम गरेकी हुन् । ब्रेकअपपछि पूजा र आकाश अभिनित दुई फिल्म प्रदर्शन हुँदैछन् । ‘सम्झना बिर्सना’पछि ‘सम्हालिन्छ कहिले मन’ मार्फत पूजा र आकाश दर्शकमाझ आउन लागेका हुन् । तर ब्रेकअपछि व्यावसायिक रुपमा अघि बढ्न उनीहरुलाई असहज भएको खबर आइरहेका छन् । भदौ १७ मा अहिलेसम्म ‘सम्हालिन्छ कहिले मन’ बाहेकका अन्य फिल्मले रिलिज मिति तोकिसकेका छैनन् ।