यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

असार ०५, २०७९


नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैया रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०४ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ २० पैसा र बिक्री दर १५३ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।