निरोगीताका लागि योग भन्ने सन्देश सवैमा जानुपर्छ : अध्यक्ष गिरि

असार ०७, २०७९


प्रमोद आचार्य, असार ७ । आठौ अन्तरास्ट्रिय योग दिबसको अबस पारी पतन्जली योग शान्तिनगर गाउपालिका, बबई गाउपालिका र दङ्गिशरण गाउँपालिका समितिको आयोजना तथा पतन्जली योग जिल्ला समिती दाङको सयोजनमा एक कार्यक्रमको आयोजना गर्दै शान्तिनगर गाउँपालिका वडा न. ७ को खैरेनीमा योग दिबस मनायको छ । स्वास्थ्य र शान्तिका लागि योग, कपाल भाती जिबन साथी, योग दिबस सफल पारौ भन्ने प्लेकार्ड सहित शान्तिनगर-७ खैरेनि बाट शुरु भएको र्यालि रगैचा बजारको परिक्रमा गरि पुन खैरेनी पतन्जली योग समितिको हलमा पुगि सभामा परिणत भएको थियो ।

पतन्जलि योग समिति दाङका जिल्ला सदस्य डम्बर बहादुर केसि को सभापतित्व, शान्तिनगर गाउपलिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आथित्यता, तथा दङ्गिशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरि र बबइ गाउपालिका अध्यक्ष कुल बहादुर खत्रीको विशिष्ट आथित्यता योग दिबसको कार्यक्रम सम्पन्न गरियको हो । कार्यक्रममा दङ्गिशरण गाउपालिकाका अध्यक्ष शम्भु गिरिले रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्वपूर्ण रहेको निरोगीताका लागि योग भन्ने सन्देश सवैमा जानुपर्ने उनले बताए । योगले मानव स्वास्थ्यमा थुप्रै फाइदाहरु पुर्याइ रहेको र थुप्रै रोगहरु योगहरुको माध्यमबाट नै निराकरण भयको उल्लेख गर्नु भएको थियो ।