स्थानिय स्तरमा उत्पादित कच्चा पदार्थलाइ उद्योगमा रुपान्तरण गर्नु पर्ने अध्यक्ष गिरीको जोड ।

असार ०७, २०७९


प्रमोद आचार्य । असार ७, दङ्गिशरण गाउपालिकाको आयोजनामा “आर्थिक क्षेत्रमा लगानी समृद्धिमा सुनौलो बिहानी “भन्ने मुख्य लक्ष्य सहित नयाँ लघु उधमिहरुलाइ बित्तीय सेवामा पहुँच सम्बन्धी १ दिने तालिम जनता मा.बि बुटनियामा सप्पन्न भएको छ । दङ्गिशरण गाउँपलिका वडा न ७ का वडा अध्यक्ष रेशम वलिको सभापतित्व, गाउपालिका अध्यक्ष शम्भु गिरिको प्रमुख आथित्यता, तथा पालिका उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आथित्यतामा तालिम सम्पन्न भएको हो ।तालिममा गाउपालिका अध्यक्ष गिरिले दुई चार जना मात्रै मिलेर पनि गर्न सकिने साना उध्योग अन्तर्गत लघु उध्यमीहरु जोडिन सक्ने भएकाले स्थानिय स्तरमा उत्पादित कच्चा पदार्थलाइ उध्योगमा रुपान्तरित गरि बाजारिकरण गर्न समेत सकिने बताउनुभयो । यस्तै तालिममा सिकेका कुराहरुलाइ व्यबहारमा समेत लागू गरेर एउटा सफल लघु उध्यमी बन्न समेत आग्रह गर्नुभयो । यसैगरी पालिका उपाध्यक्ष पिमा खड्का वलिले महिलाहरु सधै चुलो चौकोमा मात्र सिमित नगाराइ उध्यमसिलताको बिकाशमा अग्रसर हुनु पर्ने बताउनुभयो । तालिमको प्रशिक्षकमा जाल्पा लघुबित्तका बजार ब्यबस्थापक कमल कान्त दहालले रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण लघुउध्यम दङ्गिशरणकि सहजकर्ता शुसिला डाङ्गीले गर्नु भएको थियो ।