महिलाहरु चुलो चौकोमा मात्र सिमित हुन नहुने दङ्गिशरण उपाध्यक्ष खड्काको धारणा

असार ०८, २०७९


असार ८, दङ्गिशरण गाउपालिकाको आयोजनामा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिम दङ्गिशरण गाउपालिकाको शभाहलमा सम्पन्न भएको छ । गाउपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक पिमा कुमारी खड्का वलिको शभापत्तिवमा तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै दङ्गिशरण उपाध्यक्ष पिमा खड्काले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभएर हरेक कुरामा महिलाहरुको पहुच वृद्धि गर्ने खालका कार्यक्रम गरिने जानकारि दिनुभयो । आफ्नो अघिल्लो कार्यकालमा पनि लैङ्गकि महिला हिंसा र बालबिबाह न्यूनीकरणका सवालमा कार्यबिधि बनाएर अगाडि बढेको बताउनुभयो । अबको निति तथा कार्यक्रममा पनि महिला तथा बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन प्राथमिकताका साथ राखिएको बताउनुभयो । महिलाहरु आफु महिला हो भन्दै आत्मबल नघटायर आफ्नो हक हित र अधिकार प्रति उच्च मनोबलका साथ अगाडि बढ्न सुझाब समेत दिनुभयो । यस्तै तालिममा सहभागि प्रसिक्षार्थि हरुको तर्फबाट सहभागी महिलाहरुले आफुहरुलाइ २ दिनको तालिमले धेरै आत्मबल बढाएको र कुनै पनि कार्यक्रममा निर्धक्क का साथ केहिकुरा बोल्न सक्ने र महिला शसक्तिकरणको बारेमा धेरै कुरामा ज्ञान हासिल गरेको सुनुनाउनुभयो । दङ्गिशरण गाउपालिका वडा न ३ र ४ भित्रका कारिब ७० जना माहिलाहरुलाइ एउटै थलोमा राखेर महिला हिंसा, महिला शसक्तिकरण लगायतका बिषयमा तालिम दिइएको थियो । २ दिने तालिमको प्रशिक्षकमा ओरेक नेपाल दाङकि जिल्ला सयोजक इश्वरि थापा र दङ्गिशरण गाउपालिकाका राजस्व प्रमुख किरण पोख्रेल रहनु भएको थियो । २ दिने तालिमको सहजिकरण महिला बालबालिका शाखा दङ्गिशरणकि सहायक बिकास चन्द्रा वलि ले गर्नुभएको थियो ।