दंगिशरण गाउँपालिकाले ल्यायो आगामी आर्थिक बर्षका लागि ४६ करोड ९४ लाखको बजेट

असार १०, २०७९


दंगीशरण गाउँपालिकालले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम तथा आर्थिक विद्येयक २०७९ पारित गरेको छ । स्थानीय तहको दोश्रो निर्वाचन पछिको प्रथम गाउँसभाबाट आज पारित भएको हो । गाउँ सभामा गाउँपालिका अध्यक्ष सम्भु गिरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विद्येयक २०७९ उपाध्यक्ष श्री पिमा कुमारी वली खड्काले प्रस्तुत गर्नुभएको थियो ।
दंगीशरण गाउँपालिको आफ्नो नीति तथा कार्यक्रम मार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी छोरी सम्मान, उज्यालो दंगीशरण, सबै क्षेत्रमा यातायातको पहुँच पु¥याउने लगाएतका विषयहरु नीतिमा समावेश गरिएको छ ।
गाउँपालिकाले पार गरेको आर्थिक विद्येयकमा केही करका दायराहरुमा हेरफेर समेत गरेको छ । गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको पूर्णपाठआदरणीय यस गरिमामय सभाका सदस्यज्यूहरु, नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्म शासन प्रणालीको व्यवस्थासँगै पहिलो ५ वर्षको स्थानीय सरकारको अभ्यास हामीले पुरा गरेका छौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामी विजयी भएर गाउँपालिकाको दोश्रो कार्यकालको लागि नेतृत्वमा आएका छौं । हामीलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुने सम्पूर्ण दंगीशरण वासीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

नेपाल राष्ट्रको रक्षा, सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरण, बलिदान र आन्दोलनमा योगदान पु¥याई सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञान अज्ञात सहिदप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जन चाहना अनुरुप नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने आधार स्तम्भको रुपमा रहने स्थानीय तहको निर्वाचनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको जगलाई अझ मजबुत बनाएको छ । नयाँ जनादेश सहित स्थानीय तह गठन भएसँगै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिबद्ध रही दिगो शान्ति, सुशासन, विकास र समृद्धिको चाहना पूरा गर्ने दिशातर्फ अग्रसर रहन थप सवल आधार हामीलाई प्राप्त भएको छ ।नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन २०७४, स्थानीय तहको बार्षिक बजेट तथा योजना तर्जुमा दिग्दर्शन २०७८ ले दिएको अधिकार प्रयोग गर्दै संघीय र प्रादेशिक विषयगत नीति तथा योजनाहरु, नेपालको दिगो विकास लक्ष्यको अवस्था र मार्ग चित्र २०१६–२०३० को मार्गदर्शन तथा सार्वभौमसत्ता सम्पन्न जनता र ती जनताका निर्वाचित जनप्रतिनिधिहरुको हैसियतले दंगीशरण गाउँपालिकाको आ.ब. २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।

सभाका सदस्यज्यूहरु स्थानीय सरकारको पहिलो कार्यकालमा निवर्तमान जनप्रतिनिधिहरुले दंगीशरणलाई विकास र समृद्धिको यात्रामा निरन्तर अगाडि बढाउने प्रयास गर्नुभएको थियो । पहिलो कार्यकालमा भएका केही महत्वपूर्ण कामहरुलाई यो विशेष अवसरमा उच्च सम्मानकासाथ स्मरण गर्न चाहन्छु ।

जम्मा बजेट 46 करोड 94 लाख 39 हजार, संघ सरकार को 17 करोड 71 लाख मध्ये, चालू 13 करोड 34 लाख
पुजिगत 4 करोड 37 लाख

प्रदेश सरकार को 3 करोड 65 लाख मध्ये, चालु 1 करोड 35 लाख, पुजिगत 2 करोड 30 लाख

गाउँ पालिकाको 25 करोड 58 लाख मध्ये, कार्यालय सन्चालन तथा प्रशासनिक खर्च 7 करोड 65 लाख, बिकास खर्च 17 करोड 58 लाख, प्रत्येक वडामा 5 लाख प्रशासनिक खर्च र 60 लाख बिकास खर्च गरि 65 लाख

१. गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न विषयका २९ वटा ऐन,४ वटा नियमावली, ४ वटा मापदण्ड, २८ वटा कार्यविधि र ९ वटा नीति निर्माण ।
२. गाउँपालिका तथा सबै वडा कार्यालय, सामुदायिक माध्यामिक विद्यालयमा सूचना प्रविधिको पहुँच, बहु उद्देश्यीय सभाहलको निर्माण, वडा नम्बर ४, ५ र ७ नम्बर वडाको कार्यालय भवन निर्माण सम्पन्न । गाउँपालिकाको प्रशासनिक भवन निर्माधिन ।
३. न्यायिक समितिमा आएका उजुरीहरुको मेलमिलापका माध्यामबाट न्याय सम्पादन गर्ने कार्यमा प्राथमिकता ।
४. मूल सडकबाट गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक कालोपत्रे ।
५. योजनावद्ध विकासको प्रयास स्वरुप गाउँपालिका यातायात गुरुयोजना निर्माण ।
६. सर्वसुलभ आधुनिक भौतिक पूर्वाधारको निर्माण कार्यको शुरुवात ।
७. गाउँपालिकामा ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन, बागरमा १५ सैयाको अस्पतालको भवन निर्माणाधिन ।
८. सवैजसो विद्यालयहरुको न्युनतम भौतिक पूर्वाधार निर्माण, न्युनतम शिक्षकको व्यवस्था,वालीविज्ञानतर्फ प्राविधिक धारको विद्यालय सञ्चालन र नमूना विद्यालय विकास कार्यक्रमको सञ्चालन ।
९. सामुदायिक विद्यालयवाट एस ई ई उत्तिर्ण गरी सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्र छात्रालाई छात्रवृतिको व्यवस्था ।
१०. गाँउपालिकाको समग्र तस्विर प्रतिविम्ब हुनेगरी म्ष्नष्तब िउचयाष्भि निर्माण ।
११. भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी लालपुर्जा वितरणको लागि सात वटै वडामा कन्ट्रोल प्वाइन्ट स्थापना,लगत संकलन तथा डाटा इन्ट्रीको काम सन्पन्न ।
१२. सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना रहेका २५१ घरपरिवारहरुलाई जस्तापाता वितरण, यसै कार्यक्रम अन्तर्गत जस्तापाता तथा काठ खरिदका लागि १७५ जनालाई अनुदान वितरण ।
१३ कोभिड १९ को महामारीबाट नागरिकको जीवनरक्षाका लागि अस्थायी कोभिड अस्पताल सञ्चालन ।
१४ वित्तीय शुसासनका लागि प्रगति विवरणको सार्वजनिकीकरण ।
१५ पर्यावरण संरक्षण र सिंचाइ सुविधाका लागि जलासय निर्माण । लिफ्ट सिंचाइ आयोजनाको निर्माण । साना ठूला गरी १२२ वटा सिंचाइ योजना सम्पन्न ।
१६ उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि कृषि तथा पशुका क्षेत्रमा अनुदानमा आधारित कार्यक्रम सञ्चालन, सीतभण्डार केन्द्र निर्माणाधिन ।
१७ खानेपानीको पहुँच अभिवृद्धिका लागि प्रदेश र स्थानीय सरकारको साझेदारीमा आयोजना सञ्चालन ।

सदस्यज्यूहरु
विगतमा लिइएका नीति, कार्यक्रम र वजेटबाट प्राप्त उपलब्धीहरुलाई सस्थागत गर्दै, निर्वाचनको समयमा जनता सामू गरेका प्रतिवद्धतालाई हृदयङ्गम गर्दै, अव म गाउँपालिकाले आर्थिक वर्ष २०७९ ।०८० मा अंगिकार गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु । ‘हाम्रो परिकल्पना, समृद्ध दंगीशरण’’ भन्ने दिर्घकालीन सोचका साथ सन्तुलित विकासको माध्यमबाट जनतामा समृद्धि हासिल गरी आम नागरिकलाई शुसासनको अनुभूति दिलाउने प्रमुख लक्ष्य अनुरुप हाम्रा क्रियाकलापहरु संचालित हुनेछन् । उपयुक्त सोंच र लक्ष्यबाट क्रियाकलापहरु लाई निर्देशित गर्दै निम्न उद्देश्यहरु पूर्ति गर्ने तर्फ अग्रसर रहने छौं ।