जंगली जनाबरको आतंक बाट दंगिशरण १ फुर्केसल्लिका स्थानीयबासिलाई सास्ती

असार १२, २०७९


प्रमोद आचार्य । असार १२, दंगिशरण गाउँपालिका वडा नम्बर एक फुर्केसल्लि ठांटिका स्थानीयबासिले आफ्नो अन्नबालि सुरक्षाको माग गर्दै आफ्नो खानपाउने अधिकार संरक्षण गरिदिन हारगुहार गरेकाछन । २०६७ साल असार २८ गते देखि उक्त ठाउँलाइ निकुञ्ज घोषण गरेसङ्गै आफुहरु धेरै समस्यामा परेको त्यहांका स्थानीयवासिहरु बताउछन ।निकुञ्ज घोषणा गरिएसङ्गै जंगली जनावरहरुको संख्यामा वृद्धि भएपछि जंगली बदेलको आतंकले आफुहरुले धेरै सास्ति भोग्नपरेको दुखेसो गरेकाछ्न । २०२४ सालदेखि आफुहरुको बस्ति बसेको र जम्मा १५९ घरधुरि रहेको र उक्त ठाउँका जनताको जिबन जोगाउन खानपाउने अधिकार बचाइदिन सरोकारवालाहरुसङ्ग अपिल समेत गरेकाछन ।निकुञ्ज स्थापना भएयता कुनै मानबिय क्षति नभएपनि पछिल्लो अबस्थामा जंगली जनाबरको संख्यामा वृद्धि भएकाले मानविय सुरक्षानै जोखिममा रहेको बताएकाछन ।जंगली जनाबरले क्षेति पुर्याएपछि पाइने थोरै राहत पनि दर्ता स्रेस्ता भएकोले मात्र पाउने नियमले आफुहरु धेरै अन्यायमा परेको स्थानीयहरु बताउछन ।आफुहरुको धेरैको जग्गा जमिन ऐलानि भएकाले हरेक सेवा सुबिधा बाट बन्चित हुन परेको र आफुहरु धेरै अन्यायमा परेकाले स्थानियतहबाट ऐलानि जग्गाको मुअब्जादिने कार्यमा पहल थालिदिन आग्रह समेत गरेकाछन । दंगिशरण १ नम्बर वडा सन्चार, स्वास्थ, यातायात, कृषि सबै पक्षले पिछडिएकोले स्थानीय तहबाटपनि १ नम्बर वडालाइ उच्च प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिदिन स्थानिय दुजा बुढामगरले आग्रह गर्नुभयो ।सबैभन्दा पहिले गासबासको टुंगो लागे मात्र अरु आबस्यकता सोच्न सकिने र आफुहरुको अहिले प्रमुख समस्या जंगली जनावर बाट अन्नबालिनालि जोगाउनु रहेकाले सबैभन्दा पहिले गासको टुंगो लगाउन तारजालिको ब्यवस्था गरिदिन माग गरेकाछन ।जंगली जनावरले बस्ति र अन्नबालिमा धेरै क्षेति हुने गरेको बढ्दो जनगुनासो आयपछि फियान नेपाल, सहकर्मि समाज,समृद्ध समाज लागायतका सस्थाहरुको समन्वयमा निकुञ्ज स्थापना भएपछि जंगली जनावरले स्थानीयबासि र खेतिबालिमा पारेको क्षेति तथा नोक्सानी र प्रभाबबारे स्थानियवासि र सरोकारवालाहरु बिचको सर्बपक्षिय छलफलकाक्रममा स्थानीयवासिले आफ्नो दुखेसो ब्यक्त गरेकाहुन । बिकास समुह फुर्केसल्लिकि अध्यक्ष चित्रा घर्तिको शभाप्तित्व, सहकर्मि समाज नेपालका कार्यकारि निर्देशक अम्मर बहादुर ऐर,फियान नेपालका कार्यकारि निर्देशक अशोक सिंह ,बिकासकोष नेपालका नेपाल प्रतिनिधि योगि कायस्थ ,फियान नेपालका लुम्बिनी प्रदेश सयोजक शुरेश गौतम ,खाद्य अधिकार संजाल दाङका सचिब सन्तोष दहित ,सहकर्मी समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थि लगायतका सरोकारवालाहरुको समन्वयमा अन्तर्कृया कार्यक्रम गरिएको थियो ।