महिलाहरु हरेक क्षेत्रको मुलप्रबाहमा आउन दंगिशरण उपाध्यक्ष खड्काको आग्रह ।

असार १३, २०७९


प्रमोद आचार्य । असार १३, दंगिसरण गाउपालिकाकाे आयोजनामा महिला शसक्तिकरण सम्बन्धि २ दिने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । दंगिशरण ६ र ७ मा हिजोदेखि शुरुभएको २ दिने तालिमको वडा न ६ र ७ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।वडा न ६ मा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको शभापतित्व तथा वडा न ७ मा वडा अध्यक्ष रेशम वलिको शभापतित्वमा २ दिने तालिमको समापन कार्यक्रम आयोजना गरिएको थियो । वडा न ७ को समापन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै पालिका अध्यक्ष शम्भु गिरिले महिलाहरु आफु स्वयंम महिला हो भन्दै हिनताबोध लिन नहुने बताउनुभयो ।देशका बिभिन्न उच्च ओहोदामा महिलाहरु रहेको स्मरण गर्दै महिलाहरू पनि अबसर पाए पुरुष सरह काम गर्न सक्छन भन्नेकुरामा जोडदिनुभयो ।यस्तै वडा अध्यक्ष रेशम वलिले महिलाहरू शसक्त रूपमा जागृति भइ महिला अधिकारका सवालमा अगाडि बढनुपर्ने बताउनुभयो । यता वडा न ६ को समापन कार्यक्रममा शभापतिको आशनबाट बोल्दै दंगिशरण उपाध्यक्ष पिमा खड्काले महिलाहरु आफुपनि खुसिहुने र परिवारलाइ पनि खुसि पार्नुपर्ने बताउनुभयो । महिलाको क्षेत्रमा आफु ५ बर्ष पहिलेपनि कार्यबिधि बनायरै बढेको र अहिलेपनि महिला तथा बालबालिकाको क्षेत्रलाइ प्राथमिकतामा राखेर अगाडि बढने बताउनुभयो।हरेक क्षेत्रको मुलप्रबाहमा महिलाहरु कत्तिपनि लाज, डर ,धक नमानेर नेतृत्व तहमा आउन आग्रह गर्नुभयो । वडा न ६ मा ८० र वडा न ७ मा ६० जना महिला हरुको तालिममा सहभागिता रहेकोथियो । तलिमको प्रशिक्षकमा दंगिशरण मानब अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपशभापति शुसिल बस्नेत , गाउँपालिकाका राजस्व प्रमुख किरण पोख्रेल र घोराहिनगरपालिकामा कार्यरत अधिकृत तेजा गैरे रहनुभएकोथियोे । महिलाबाललिका शखा दंगिशरणको आर्थिक बर्ष ०७८/७९ को कार्यक्रम अनुसार २ दिने तालिमको आयोजना गरिएको महिलाबालबालिका शाखा दंगिशरणकि महिलाबिकास सहायक निरीक्षक चन्द्रा वलिले जानकारि दिनुभयो ।