लैङ्गीक मैत्री स्थानीय सरकार प्राथमिक्ता : उपाध्यक्ष खड्का

असार १३, २०७९     सुशील बस्नेत


दाङ,१३ असार ।

दङगीशरण गाँउपालिकाका उपाध्यक्ष पीमाकुमार खड्काले लैङ्गीक नीति कार्यान्वयन पहिलो प्राथमिक्तामा रहेको बताउनुभएको छ । दङगीशरण गाँउपालिकाको आयोजनामा वडा नम्वर ६ श्रीगाँउमा आयोजीत महिला सशक्तिकरण तालिम समापन कार्यक्रममा खडकाले भन्नुभयो, २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित हुदाको बखत लैङ्गीकमैत्री नीति बनाउन सफल भएको चर्चा गर्नुभयो । अव दंङिगशरण गाँउपालिका लैङ्गीक मैत्री गाँउपालिका हुने उहाँले बताउनुभयो ।

लैङ्गीकताको नीति भित्र महिला,जेष्ठ नागरिक,बालबालिका,युवा,अपाङगता,सिमान्कृत,अल्पसंख्य लगायतका समुदाय समेटिएकाले उक्त नीति कार्यान्वयन गराउन दोस्रो कार्यकालका लागि उपाध्यक्ष पदमा आफुले स्वीकार गर्दै निर्वाचित समेत भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य टंकी भण्डारीले महिलाहरुलाई अझै पनि सशक्तिरण आवश्यक रहेको बताउनुभयो ।  त्यसअवसरमा सहभागि सवीना भण्डारी,योगमाया केसी,दिला केसी लगायतले महिलाहरु घर बाट अझै पनि बाहिर निस्कन नसकेको गुनासो गर्नुभयो । पहिलेको भन्दा केही बुझेको,थोरै भएपनि बाहिर निष्कने प्रयास गरेको भएपनि यथोचित रुपमा हुन नसकेको बताउनुभयो । यसकिसिमका प्रशिक्षण तथा अभिमुखकिरणले पछाडी परेको वर्गलाई अगाडी बढ्न भने मद्धत गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

दुई दिन सम्म सञ्चालन रहेको तालिमको प्रशिक्षकमा पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत,किरण पोखेल र तेजा गैरे हुनुहुन्थ्यो भने तालिम समापन कार्यक्रमको सहजिकरण दंङिगशरण गाँउपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी चन्द्रा वलीले गर्नुभएको थियो । वडा नम्वर ६ का बिभिन्न टोलका ६० बढि महिलाको सहभागिता रहेको थियो ।