ट्रेलरमा यस्तो देखियो फिल्म ‘दोख’

असार १३, २०७९


२४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २४ सेकेन्डको ट्रेलरमा फिल्मका केही मुख्य दृष्यले समेटिएका छन् । ट्रेलरमा क्रान्ति, राजनीति र सामुदायिक वनका लागि गरिएको संघर्ष देखाउन खोजिएको छ ।

अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको फिल्म हो । राजन कठेतको लेखन रहेको फिल्ममा दीया मास्के, मनिष, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई जोडिएका छन् । शैलेन्द्र डी।कार्कीको छायाङ्कन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।