१२ औ रास्ट्रपति रनिङ शिल्ड जारी,गोरखा तुलसिपुर शीर्ष स्थानमा

असार १८, २०७९


लक्ष्मण बस्नेत, १८ असार दाङ । दाङको बेलझुण्डिमा जारी जिल्ला स्तरिय १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज दोस्रो दिन गोरखा माबी तुलसिपुर शिर्ष स्थानमा रहेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र रास्ट्रीय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समिति द्वारा संचालित प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ गोरखा माबी तुलसिपुर शिर्ष स्थान रहेको छ । त्यस्तै ग्रेट अरनिको माबी तुलसिपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहदा ज्ञान ज्योती तुलसिपुर २ स्वर्ण १ रजत र २ कास्य पदकका साथ तृतिय स्थानमा रहेको छ भने जनता माबी गढवा २ स्वर्ण,१ रजत र १ कास्य पदकका साथ चौथो स्थानमा रहेको छ छात्रा भलिबलको उपाधी मिडवयस्ट लाई उता छात्रा भलिबलको उपाधी मिडवयस्ट पोईन्ट एकाडेमी पश्चिम खैरेनिले जितेको छ । फाईनलमा सिद्ध पृथ्वी माबी श्रीगाउ लाई २५-२४ र २५- १६ को सोझो सेटमा पराजित गर्दै मिडवयस्ट ले उपाधी हात पारेको हो । प्रतियोगिता अन्तरगत आईतवार छात्र भलिबल, छात्र/ छात्रा कबडी, तेक्वान्दो, कराते र एथलेटिक्स तर्फ ४००,३००० १०० गुणे ४,ट्रीपल जम्प हुनेछ । यसैबिच आईतवार अपरान्ह ४ बजे पछि प्रतियोगिताको समापन समारोह गरिने आयोजक दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरी ले जानकारी दिनु भएको छ ।