दंगिशरण गाउँपालिकाले सम्पन्न गर्यो सार्बजनिक सुनुवाई

असार १९, २०७९


आचार्य, असार १९ । दंगिशरण गाउँपालिकाको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहयोग तथा सामुदायिक सेवाकेन्द्र बाकेको सहजिकरणमा दंगिशरण गाउँपालिकाले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।सेवाग्राहीका समस्याहरुप्रति पालिकाको जबाफदेहिता भन्ने बिषयमा जिम्मेवार ब्यक्तिहरु र सेवाग्राहीबिच सार्बजनिक सुनुवाइ गरिएको हो । सार्बजनिक जबाफदेहिता प्रबर्द्धन कार्यक्रम अन्तर्गत कार्यगत क्षेमता स्व मुल्यांकनका लागि प्रदेश प्रशिक्षण प्रतिस्ठान नेपालगन्जको सहजीकरणमा सार्बजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।दंगिशरण गाउँपालिकाका ७ वटै वडाका सेवाग्राहीबिच सेवाग्राहीका समस्या र सुझाब प्रति पालिकाका जिम्मेवार निकायले उठेका प्रस्न र सुझाबको उत्तर दिनुभएकोथियो ।सुनुवाइमा प्रस्नकर्ता सेवाग्राही र जबाफदेहिता जिम्मेवार शाखाका प्रमुख तथा अध्यक्ष ,उपाध्यक्ष रहनुभएको थियो । विभिन्न क्षेत्रका ब्यक्ति र सेवाग्राहीले विभिन्न शाखा अन्तर्गतका जिम्मेवार ब्यक्ति सङ्ग आफ्ना समस्या र गुणासो गर्नुभएको थियो । आर्थिक सुशासन र पार्दर्सिता कायम गर्न तथा समय समयमा पालिकामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन सैलिको अनुगमन गर्नपनि सार्बजनिक सुनुवाइ सम्पन्न गरिएको हो । दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको शभापतित्वमा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रमले ७ बुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पालिकलाइ आर्थिक सुशान र पार्दर्सिताको सवालामा अगाडि लैजान गम्भीर भएर लाग्ने अध्यक्ष गिरिले बताउनुभयो । सार्बजनिक सुनुवाइको सहजीकरण साम्प्रदायिक सेवाकेन्द्र बाकेका निर्मल आचार्यले गर्नुभएकोथियोे ।