भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १० जनाको मृृत्यु

असार २०, २०७९


काठमाडौ, २० असार । 

भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्कुले बालबालिका समेत रहेका जनाइएको छ । दुर्घटनामा १६ जनाको ज्यान गएको हुनसक्ने आशङ्का गरिएको छ।
हिमाञ्चलको कुल्लु जिल्लाको निओली शम्शेर सडक खण्डमा बिहान बस पल्टिएको हो। दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।