दंगिशरणमा सुरक्षित मातृत्व तथा नवजात शिशु रोडम्याप अभिमुखिकरण कार्यक्रम सम्पन्न

असार २१, २०७९


असार २१, दंगिशरण गाउपालिकाको आयोजनामा सुरक्षित मातृत्व तथा नवजात शिशु रोडम्याप २०३० सम्बन्धि अभिमुखिकरण कार्यक्रम दंगिशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । बाल मृत्युदर र नवशिशु मृतुदर नेपाल सरकारले लिएको दिगोबिकाश लक्ष्य अनुरुप २०३० सम्म कसरि कम गर्न सकिन्छ भन्ने कुरामा रोड्म्याप तय गर्नपनि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको दंगिशरण स्वास्थ्यशाखा प्रमुख दशरथ गिरीले जानकारि दिनुभयो । नेपालमा अहिलेपनि वार्षिक १ लाख जनामा २३९ जना सुत्केरि आमाहरुको मृत्यु हुनेगरेको र यसलाइ सन २०३० सम्म ७० मा झार्ने लक्ष्य नेपालसरकारले लिएको छ । यसैगरि नवशिशु मृत्युदर अहिलेपनि १ लाखमा २१ जना नवशिशुहरुको मृत्यु भइरहेकोछ भने यसलाइ २०३० सम्म १२ मा झार्ने नेपाल सरकारले आफ्नो लक्ष्य राखेको स्वास्थ्यचौकि हेकुलिका प्रमुख टेक बहादुर खत्रीले जानकारि दिनुभयो । दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको शभापतित्व तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काको बिशिस्ट आथित्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । शभापतिको आसनबाट बोल्दै पालिका अध्यक्ष गिरीले आफु निर्बाचित भैसकेपछि पहिलो निर्णय गर्दै गर्भबति महिलालाइ निशुल्क स्वास्थ्य जांच र निशुल्क ल्याब सेवा तथा दुई वटा बच्चा सम्म जन्मिदा सरकारले दिदै आयको १८०० सय रुपैया बाट बढाएर ५००० (पाँच हजार) पुर्याइ आमा र बच्चालाइ पोषणयुक्त खानेकुरामा सहयोग पुर्याउने काम गरेको बताउनुभयो । यस्तै वडा न ७ का वडा अध्यक्ष रेशम वलिले बालशिशु मृत्युुदर र मातृ मृत्युुदर घटाउन गर्भवती महिलाहरूलाइ स्वास्थ्यशाखासम्म कसरि ल्याउने र नियमित स्वास्थ्य जाच गराउन वडाबाट पनि रोडम्याप तय गरि अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । दंगिशरण स्वास्थ्यशाखा प्रमुख दशरथ गिरीको स्वागत मन्तव्यबाट शुरु भएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट प्रदिप योगिले गर्नुभएको थियो ।