दाङ खेलकुद विकास समितिको अध्यक्षमा पोख्रेल
असार २२, २०७९

तुलसीपुर २२ असार ।
जिल्ला खेलकुद विकास समिति दाङको अध्यक्षमा राज कुमार पोख्रेल (हमाल) नियुक्त भएका छन । लुम्बिनी प्रदेश सरकारले नेपाली काङ्ग्रेस दाङ्का नेता समेत रहेका पोख्रेललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
त्यसैगरि समितिको उपाध्यक्षमा पाल्पी चौधरी,कोषाध्यक्षमा ध्रुव आचार्य,र समितीका सदस्यहरुमा सन्तोष ओलि,अनिल रिजाल,नोखी रावत,सन्तोष लामीछाने, रबिन श्रेष्ठ र प्रबिन ओलि रहेका छन।