नेपालको अन्तराष्ट्रिय सीमा सुरक्षाका विषयमा छलफल

असार २३, २०७९


तुलसीपुर २३ असार ।

नेपालको अन्तराष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरुका विषययमा छलफल भएको छ । उक्त दुई दिवसीय सेमिनारको दौरानमा नेपालको अन्तर्राष्ट्रिय सिमानाको वर्तमान अवस्थास सीमा सुरक्षा र व्यवस्थापनमा देखिएका चुनौती तथा सुधारका क्षेत्रहरुस नेपालको अन्तर्राष्ट्रिय सिमानामा हुने अवैध गतिविधि र सोको निराकरणका उपायहरुस सीमा सुरक्षामा नेपाली सेनाको जिम्मेवारी तथा एकिकृत सीमा सुरक्षा अवधारणाको आवश्यकतास सीमा सुरक्षा तथा व्यवस्थापनमा राष्ट्रिय अनुसन्धान विभागको जिम्मेवारी एवं भूमिका र सीमा सुरक्षामा दिर्घकालिन रुपमा खलल पुर्‍याउने विषय तथा नियन्त्रणका उपायहरुस राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा सीमा व्यवस्थापन, वर्तमान अवस्था र भावी कार्यदिशास नेपालको सीमा विवाद समाधानका लागि भइरहेको कुटनीतिक पहल र आगामी कार्य योजनास नेपालको अन्तर्राष्ट्रिय सिमानाको सिमाङ्कन सम्बन्धी प्राविधिक पक्ष लगायतका विषयहरुमा छलफल भएको थियो ।

छलफलमा बोल्दै प्रधान सेनापति प्रभुराम शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भएतापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनिय गतिबिधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प नभएकोले सबै सम्बद्ध निकायहरुबिच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत जानकारी गराउनु भएको थियो ।

हिजोबाट सुरु भएको नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, विभिन्न मन्त्रालयका सह सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, वरिष्ठ सीमाविदहरु लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।