एन प्याव्सनकाे जिल्ला स्तरिय कविता प्रतियोगिता सम्पन्न

असार २४, नेशनल प्याव्सन दाङकाे अायाेजनामा अाज जिल्ला स्तरिय कविता प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागिकाे प्रमुख अातित्थ्यतामा प्रतियोगिता भएको थियाे ।
प्रतियोगितामा पारिजात ईगलिश स्कुलका खगेन्द्र वलि प्रथम,राप्ती बाल एकेडेमिका यशु शर्मा द्वितिय, शिखा सेकेन्डरि स्कुलकि गुञ्जन रेग्मी तृतिय र जनप्रिय ईगलिश स्कुलका सन्दिप वलि सान्ताेना भएका थिय । प्रतियोगिताकाे निर्णायकमा दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लिराज श्रिधर र उपाध्यक्ष पद्दम कमल अाचार्य रहनु भएको थियाे ।
त्यसैगरि साेहि अवसरमा एन प्याव्सन दाङले सम्पन्न गरेकाे वर्ष उत्कृट विद्यार्थी २०७८ का विजेताहरुलाई समेत सम्मान गरियकाे थियाे । साे अवसरमा छात्र तर्फ मिडवेष्ट प्वाइन्ट एकेडेमीका प्रमिश भुसाल प्रथम, पिपुल्स ल्याण्ड ईगलिश स्कुलका महेन्द्र सुवेदी दितिय, ज्ञान ज्याेति सेकेन्डरि स्कुलका रिकिवावु भट्टराई तृतिय, पव्लिक एजुकेसन एकेडेमीका रिसकेश चाैधरि चाैथाे र शारदा विद्या मन्दिरका अनिल पुनले पाचौं स्थान हासिल गरेका थिय ।
त्यस्तै छात्रा तर्फ अमृत विद्या मन्दिरकि स्नेहा छन्त्याल प्रथम, पिपुल्स ल्यान्ड ईगलिश स्कुलकि वालिका वलि दितिय, पव्लिक एजुकेसन एकेडेमीकि इशिका खडका तृतिय, राप्तिवाल एकेडेमीकि लक्ष्मि वुढाथाेकि चाैथाे र ज्ञान ज्याेति सेकेन्डरि स्कुलकि मीमांसा गाैतमले पाचौं स्थान हासिल गरेका थिय । एन प्याव्सन दाङका उपाध्यक्ष भाेजराज न्याैपानेकाे स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमकाे सहजिकरण सचिव ठाकुर डागिले गर्नु भएको थियाे ।