साने निर्देशित ‘सिल्ली फो’को ‘चार इन्चको स्यान्डिल’ सार्वजनिक (भिडियोसहित)

असार २४, २०७९


काठमाडौं। असार ३१ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’को दोस्रो गीत ‘चार इन्चको स्यान्डिल’ सार्वजनिक भएको छ । गीतमा फिल्मका निर्देशक राजबहादुर सानेको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत तथा दीपक लिम्बु र प्रीति आलेको स्वर छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी, रविन्द्र झा, दिनेश रेग्मीलगायतका फिचर्ड छन् । चलचित्रमा केकी अधिकारी,धिरेन शाक्य,रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बरबहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

ह्याप्पी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह–निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर छ ।