स्वास्थ्य सेवामा सुधार गर्छु : मन्त्री केसी

असार २५, २०७९


शरद रेग्मी, अषाढ २५ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री हिराचन्द्र केसिले स्वास्थ्य सवामा उल्लेखनीय सुधार गर्ने बताउनु भएको छ । शनिवार तुलसीपुर उद्योग बणिज्य संघले आयोजना गरेको बधाई तथा स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसिले आफु थोरै समयका लागि जिम्मावारीमा रहेको भएपनि केहि सुधारका योजना लागु गरेरै छाडने बताउनुभयो । उहाले भन्नुभयो स्वास्थ्य सेवामा धेरै सुधारका कार्यक्रम ल्याउन जरुरि रहेको भन्दै नेपालीहरु सिटामोल खान नपाएर छटपटिनु परेको पिडाबोध भैरहेको उल्लेख गर्नुभयो ।

सो अबसरमा तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसेले यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको सुधार, दाङ एयर्पोर्ट, चारलेन सडक र राप्ति राजमार्गको स्तरबृद्दि गर्नुपर्ने लगायतका मागहरु समेटिएको स्मरण सहितको ज्ञापनपत्र समेत पेश गर्नुभएको थियो । सो अबसरमा पुर्ब अध्यक्ष चिरन्जिवि रिजालले यसक्षेत्रको समग्र बिकासमा ध्यानदिन मन्त्री केसिको ध्याणाकर्षण गराउनु भएको थियो । कार्यक्रमको सहजिकरण उपाध्यक्ष रुपबहादुर खत्रीले गर्नुभएको थियो