दंगिशरणको आ.व. २०७८/०७९ का सम्पूर्ण कार्यक्रम तथा योजना सम्पन्न

असार २६, २०७९


प्रमोद आचार्य, असार २६। दंहिशरण गाउँपालिका दाङले आर्थिक वर्ष २०७८/२०७९ को सम्पूर्ण कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको सम्पूर्ण भुक्तानी तथा निकासीको काम समेत सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको सम्पूर्ण काम सम्पन्न भए संगै गाउँपालिकाको कुल खर्च ८१% त्यसमध्य पुजिगत खर्च ७५% तथा चालु खर्च ८७% प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको चालु खर्च ७८.६४ प्रतिशत र पुँजिगत खर्च ७४.३८प्रतिशत भएको थियो । अघिल्लो वर्षमा भएको खर्च प्रतिशतका आधारमा विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्ष २०७८/२०७९ मा गाउँपालिकाको चालु खर्च र पुँजिगत खर्च दुबै वृद्धि भएको र लगभग सम्पूर्ण योजनाको काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले बताउनुभयो ।
आर्थिक वर्षलाई सफलतापूवर्क सम्पन्न गर्नका लागी गाउँपालिकाले सम्पूर्ण वडा कार्यालय,उपोभोक्ता समिति र विषयगत शाखालाई असार २० गते सम्मको अन्तिम समयसिमा दिएको र टेण्डरबाट संचालित आयोजनाहरुको हकमा अन्तिम भुक्तानी लिन असार २३ गते सम्मको समयसिमा दिएको थियो । सोहि अनुरुप असार २४ गते राति सम्मा कर कट्टी दाखिला बाहेक सबै प्रकारका भुक्तानी सम्पन्न गरिएको आर्थिक प्रशासन साखा प्रमुख भरत केसिले जानकारि दिनुभयो । समयतालिका बमोजिम आफुहरुले आफ्नो कामको गतिलाई बढाएर चालु आर्थिक वर्षको सम्पूर्ण काम गाउँपालिकाले तोकिएकै समयमा सम्पन्न गर्न सफल भएको गाउँपालिकाका योजना शाखा प्रमुख लेखनाथ आचार्यले बताउनुभयो ।

भुक्तानीको सम्पूर्ण काम सम्पन्न भएपछि गाउँपालिकाले सम्पूर्ण आर्थिक हिसाव भिडान गरी संघिय र प्रदेश अन्तर्गत गाउँपालिकालाई प्राप्त भएको शशर्त,विशेष र समपुरक कोष अन्तर्गतको खर्च हुन नसकेको रकम असार मसान्तभित्रै फिर्ता गर्ने र सम्पूर्ण प्रतिवेदन कोष तथा लेखा नियन्त्रकको कार्यालय दांङलाइ बुझाउने गरी कार्य अघि बढेको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख भरत केसिले जानकारी दिनुभयो । चालु आर्थिक वर्षलाई सफलतापूर्वक समयमानै सम्पन्न गर्न आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण कर्मचारी,जनप्रतिनिधी तथा सेवाग्राहिहरु प्रति गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।