दंगिशरण गाउँपालिका स्तरीय बाल संजाल गठन

असार २६, २०७९


असार २६, दंगिशरण गाउँपालिकाको आयोजनामा पालिका स्तरिय बालसंजाल गठन तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका उपाध्यक्ष पिमा खड्काको शभापतित्व, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा न ७ का वडा अध्यक्ष रेशम वलिको बिशिस्ट आथित्यतामा बाल संजाल गठन तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । दंगिशरण गाउँपालिकाका ७ वटै वडा संजाल भित्रका बिद्यार्थीहरुको सहभागितामा १९ सदस्यीय गाउँपालिका स्तरिय बाल संजाल गठन गरिएको छ ।जसको अध्यक्षमा अरुण बिक, उपाध्यक्षमा क्रान्ति परियार ,सचिबमा पिमा डागि,कोषाध्यक्षमा टिका खड्का, सहसचिवमा सबिना पुन सहित १९ सदस्य निर्बिरोध निर्बाचित भएकाछन । पालिकाका ७ वटै वडाका वडाबाट एकजना छात्रा र एक जना छात्र २ जना अनिवार्य गरि १४ जना गरि १९ सदस्यीय दंगिशरण गाउँपालिका स्तरीय बाल संजाल गठन गरिएको दंगिशरण गाउँपालिका महिला बालबालिका शाखाकि सहायक महिला बिकास निरिक्षक चन्द्रा वलिले जानकारि दिनुभयो । यस्तै कार्यक्रममा वडा संजाल र पालिका संजाल संचालनका लागि आबस्यकपर्ने सामाग्री समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरिले बालबालिका देशका कर्णधार भएकाले पनि पालिकालाइ सफल र सक्षम पालिका निर्माणमा बाल संजालको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिनुभयो ।यस्तै पालिका उपाध्यक्ष पिमा खड्काले बाल संजालले बाल अधिकार र बालबालिकाको क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । बालबालिकामैत्री गाउँपालिका निर्माणमापनि उत्कृष्ट काम गर्न पनि उपाध्यक्ष खड्काले बाल संजाललाइ सुझाव दिनुभयो ।