समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन

साउन ०४, २०७९


साउन ४, समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन हुनुभएको छ । नेकपा एकिकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो । नेकपा एसका तुलसीपुर नगर सचिव समेत रहनुभएका कुमाल पत्रकारिता क्षेत्रमा पनि क्रियाशिल रहनुभएको छ । जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका उहाँले पत्रकारिता क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता गर्नुभएको छ ।