‘तितो सत्य’ मा दीपक-दीपाको छोरा राज ‘छक्का पञ्जा ४’ मा हिरो

साउन १०, २०७९


डेढ दशक अघिको चर्चित हाँस्य टेलिश्रृंखला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको भूमिकामा राज आचार्यले अभिनय गरेका थिए । यो सिरियलले उनलाई बाल्यकालमै दर्शकमाझ लोकप्रिय बनायो । हाँस्य सिरियलको चाम घट्न थालेपछि ‘तितो सत्य’ सधैंका लागि बन्द भयो । त्यसपछि अध्ययनमा केन्द्रित भएका राजले २०१९ मा चार्टर्ड एकाउन्टेन्टको पढाई सकाए ।

सिएको अध्ययनपछि कोरोना महामारीको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेका उनले गत असारमा अभिनेत्री सुनिशा बजगाईंसँग लगनगाँठो पनि कसे । विवाह गरेलगत्तै उनले फिल्मको हिरो बन्ने मौका पाएका छन् । ‘तितो सत्य’मा उनले जसको छोरा भएर वर्षौं अभिनय गरे, उनै ९दीपक(दीपा० को फिल्म ‘छक्का पञ्जा ४’मा राज हिरो बनेका छन् । यो उनको डेब्यू फिल्म हो ।

फिल्ममा उनको जोडी परिक्षा लिम्बुसँग बाँधिएको छ । सिए अध्ययनकै क्रममा आफूलाई दीपकराज गिरीले एकसाथ काम गर्ने वाचा गरेको स्मरण गर्दै राजले भनेका छन्, ‘सिए पढेर आएपछि मैले २र३ वटा भिडियोमा अभिनय गरेँ । साढे २ वर्षअघि दीपक ड्याडीसँग च्याटमा कुरा हुँदा ‘हामी सँगै काम गर्छौं तर नहतारिनु’ भन्नुभएको थियो । आज त्यो अवसर जुरेको छ, साह्रै खुशी छु ।

‘तितो सत्य’ मा ठूलो ‘स्पेश’ पाएका राजले नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेको ‘छक्का पञ्जा ४’मा कति सशक्त भूमिका पाएका छन् र त्यसमा कति बुलन्द अभिनय गर्न सक्छन्, त्यो भने प्रतिक्षाको विषय बनेको छ । यो फिल्मबाट अभिनयमा राम्रो सम्भावना देखाएको खण्डमा उनको आगामी फिल्मी यात्रा सहज बन्ने निश्चित छ । फिल्म त ‘स्योर सट’ ब्लकबस्टर हुने पक्का छ ।