प्रदीप स्टारर ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

साउन २८, २०७९


काठमाडौँ । युवास्टार प्रदीप खड्का स्टारर वर्षकै बहुप्रतिक्षित चलचित्र  ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ। असोज ७ गतेबाट नेपाल र भारतमा एकैदिन प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज भएको छ । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।१ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान दिइएको छ । हिउँले भरिएको मुस्ताङी दृश्य आकर्षक छन् ।

टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा पनि अटाएका छन् । स्व.छेतेन गुरुङ र सन्तोष सेन निर्देशित चलचित्रको ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।

नेपाली भर्सन
हिन्दी भर्सन