नव दुर्गा कृषि सहकारी संस्था लिमिटेडको १६ औ साधारणसभा सम्पन्न

तुलसीपुर, २९ साउन ।
नव दुर्गा कृषि सहकारी संस्था लिमिटेडको १६ औ साधारणसभा तुलसीपुर ८ सुनवर्षामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चुडामणी शर्माको सभापतित्व तथा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख तिर्थ न्यौपानेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि न्यौपानेले सहकारीको माध्यम बाट सहकार्य गर्दै कृषकको जीवन स्तरमा सुधार ल्यानु पर्ने र निर्वाहमुखि नभई ब्यवसायिक कृषि गर्नु पर्ने बताउनुभएको थियो । सो अवसरमा राष्ट्यि बैंक तुलसीपुरका मनोज रिजाल,तुलसीपुर ८ का वडा सदस्य तुलप्रसाद खराल, कृष्ण मन्दिर ब्यवस्थापनका अध्यक्ष सोभाकर सापकोटा,नेपाल बैंक तुलसीपुरका संजय केसी,नव दुर्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केसवराज सापकोटा,पुर्व वडा सदस्य ईन्द्रजित चौधरी र सुर्य ज्योति कृषि सहकारी संस्थाका अध्यक्ष गोरख बहादुर खड्का लगाएतले बोल्नु भएका थियो । साथै संस्थाका कोषाध्यक्ष तुलसी भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रमको संचालन संस्थाका सचिव महेन्द्र खरालले गर्नुभएको थियो । साधारण सभामा कृषि उद्यमीको तर्फबाट तुलसीराम चौधरी ,असल ऋणीका तर्फबाट महेन्द्र कुमार गौतम,पुर्व अध्यक्ष दिनानाथ भट्राई र पुर्व सचिव खेगन्द्र प्रसाद काफ्लेलाई सम्मान गरेको छ ।