सुन-चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

साउन ३१, २०७९


मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।