शान्ति प्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनिक

भदौ ०४, २०७९


गीतकार शान्तिप्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनिक भएको छ । तीजमा दिदीबहिनीलाई उपहारस्वरुप आफुले गीत बनाएको गीतकार प्रियले बताए । राकेश सोनीको संगीत तथा संगीत संयोजन रहेको गीतमा बिन्दु बिसीको स्वर छ । गीतको भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ र झरना परियारको अभिनय देख्न सकिन्छ ।

हेरुका लामाको निर्देशन रहेको भिडियोमा छायाङ्कन तथा सम्पादन बज्र ङ्यासुरको छ । भिडियोको कोरियोग्राफी निर्देशक लामाले नै गरेका हुन् । मौलिक तीज गीतको मर्मलाई आत्मसात गर्दै त्यसै अनुसारको भिडियो निर्माण गरिएको निर्देशक लामाले बताए ।