निजामति ऐनको माग गर्दै देशैभरका निजामती कर्मचारिहरु आन्दोलीत

भदौ ०६, २०७९


प्रमोद आचार्य । भाद्र ६, निजामति ऐन पास सम्बन्धि माग गर्दै निजामति कर्मचारीहरु देशैभरि आन्दोलीत भएकाछ्न । देशब्यापि सयुक्त आन्दोलन स्वरुप आज देशैभरिका स्थानिय तहका कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर बिरोध गरेका छन । देशब्यापि सयुक्त आन्दोलनको समर्थन गर्दै दंगीशरण गाउपालिकाका नेपाल निजामति कर्मचारीहरुले पनि हातमा कालो पट्टी बाधेर बिरोध जनाएको नेपाल निजामती कर्मचारी युनियन दंगिशरणका अध्यक्ष टेक बहादुर खत्रीले जानकारि दिनुभयो ।

संसदमा बिचाराधिन अबस्थामा रहेको निजामति ऐन पास गरिनु पर्ने, तिनै तहमा कायम हुने गरि तहगत प्रणाली लागु गर्नुपर्ने, संघ, प्रदेश र स्थानिय तह मध्य एक तहबाट अर्को तहमा सेवा प्रबेश गर्दा सेवा निरन्तरता कायम गर्नु पर्ने लगायतका ११ बुदे माग गर्दै बिरोध कार्यक्रममा उत्रिएको नेपाल निजामती कर्मचारि सङ्गठन दंगिशरणका अध्यक्ष लेखनाथ आचार्यले जानकारि दिनुभयो ।