दंगिशरण १ को आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न

भदौ १०, २०७९


प्रमोद आचार्य । भाद्र १०, दंगिशरण गाउँपालिका वडा न १ को आयोजनामा तिज बिशेष शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम वडा न १ को बाकिमा सम्पन्न भएको छ । हिन्दु महिला नारिहरुको महान पर्ब हरितालिका तिजको पुर्ब सन्ध्यामा महिला दिदिबहिनिहरुको सम्मानका लागि तिज मिलन कार्यक्रमको आयोजना गरिएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिले बताउनुभयो । वडा न १ का वडा अध्यक्ष रमेश भण्डारिको शभापतित्व, लुम्बिनी प्रदेश शभा सदस्य संकर गिरिको प्रमुख आथित्यता, नेपालि काङ्ग्रेस क्षत्र न ३ का शभापाति जगत खड्का र नेपालि काङ्ग्रेसका महासमिति सदस्य केशब आचार्यको बिशिस्ट आथित्यतामा तिज मिलन कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै लुम्बिम्नि प्रदेश सभा सदस्य शंकर गिरिले तिजले चेलेबेटि बिचको सम्झना अनि चेलिले आफ्नो माइतिघर सम्झिदै माइतमा पुगि दर खादै सुख दुख बिसाउने पर्व रहेकाले पनि तिज पर्बको आफ्नो छुट्टै महत्त्व रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा प्रदेश सभा सदस्य गिरिले वडा न १ मा सिबपुरि पर्यटकिय क्षेत्रको नामाकरण गरि प्रेदेश बाट १० लाख रकम बिनियोजन गरि मन्दिर निर्माण भइसकेको र अझै थुप्रै बिकाशका योजना ल्यायर वडा न १ लाइ पर्यटकि हब बनाउने सोचमा आफु रहेको बताउनुभयो ।उल्लेखनीयको संख्यामा दिदिबहिनीहरुको सहभागिता रहेको कार्यक्रममा आफ्ना नृत्य ,प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमको रौनकता थपिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले तिजले सबै महिलाहरुमा सुख सान्ति अनि समृद्धि छावस भन्दै शुभकामना दिनुभएको थियो । वडा सचिब मान बहादुर खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण दंगिशरण प्रेश सयोजक प्रमोद आचार्यले गर्नु भएको थियो ।