अट्वारि पर्बको अबसरमा दंगीशरणले दियो भदौ १२ गते सार्बजनिक बिदा

भदौ १०, २०७९


प्रमोद आचार्य । दंगीशरण भाद्र १०, दंगीशरण गाउपालिकाले थारु जातिले मनाउदै आएको अटवारि पर्बको अबसरमा यस बर्ष भदौ १२ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ । हरेक बर्ष अस्टमि पछिको दोस्रो आइतबार र कुशेऔसि भाद्र सुक्ल पक्षको पहिलो आइतबार मनाउदै आएको अट्वारि पर्ब यस बर्ष १२ गते परेकाले स्थानीय बिदा बाट मिलान हुने गरि आफ्नो पालिकामा बिदा स्विकृत गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारि दिनुभयो । बिशेष गरि दागीशरण गाउँपालिकामा थारु जातिको बाहुल्यता भएकाले पनि थारुजातिको सस्कृति र परम्पराको संरक्षणका लागि आफु सधै अगाडि बढ्न तयार रहेको समेत बताउनुभयो ।