एमालेले तोक्यो उम्मेदवार छनौटको मापदण्ड

भदौ ११, २०७९


काठमाण्डाै , ११ भदौ ।

नेकपा एमालेले उम्मेदवारको मापदण्ड तोकेको छ । दुई दिनसम्म चलेको एमाले केन्द्रिय कमिटीको चौथो बैठकले प्रदेश र संघिय निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले जानकारी दिनुभयो । बैठकले पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरेको सदस्य पाण्डेले बताउनुभयो ।

बताउनु भयो । एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि बैठकले सचेत गराएको छ । जिल्ला सम्बन्धित क्षेत्रको क्षेत्रीय कमिटीले सम्बन्धित क्षेत्रको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने, प्रदेशसभा निर्वाचनको उम्मेदवार पनि त्यहीअनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गर्ने छ । प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका, कम्तिमा एक जना महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ । अन्तिम निर्णय केन्द्रले गर्ने छ । निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न नमिल्ने बैठके निर्णय गरेको छ ।

क्षेत्र र जिल्लाले गरेका सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्तिम कुनै राय भए सो समेत उल्लेख गरेर केन्द्रमा सिफारिस गर्नुपर्ने छ । उम्मेदवार सिफारिस गर्ने अन्तिम मिति उम्मेदवारको सिफारिस भदौं २२ गते सम्म गरिसक्नुपर्ने छ । त्यसैगरी बैठकले पछिल्लो पटक भएको कुनै पनि निर्वाचनमा पराजित उम्मेदवारहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार नबनाउने निर्णय गरेको छ । तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखेर अन्य पार्टीबाट प्रवेश गराइएकाको हकमा भने विशेष निर्णय गर्ने अधिकार केन्द्रलाई हुनेछ ।