भोलीको दाङ बन्द फिर्ता
भदौ १८, २०७९

तुलसीपुर, १८ भदौ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको एक दिने दाङ बन्दको कार्यक्रम फिर्ता लिएको छ । विभिन्न माग राख्दै महासंघले भोली आइतबार एक दिने बन्दको घोषणा गरेको थियो ।
सवारी कर वृद्धिको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसंग छलफल गर्ने र फोरलेनसडक निर्माणको कामलाई तिब्रता दिने सहमति भएपछि बन्दको कार्यक्रम फिर्ता लिएको महासंघका सचिव घनश्याम बस्नेतले जानकारी दिनुभयो ।
सरकारले सवारी कर, रुढ प्रमिट र जरीवानामा चर्को शुल्क लिएको बिरोधमा महासंघले चरणबद्ध कार्यक्रमको घोषणा गरेको थियो ।
महासंघले भदौ ८ गते तुलसीपुर घोराही सडक एक घण्टा चक्का जाम गरेको थियो भने यातायात व्यवस्था कार्यालय घेराउ र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।